site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई समितिका सभापतिले लिए शपथ

काठमाडौं । संघीय संसद्अन्तर्गतको दुई समितिका सभापतिले शपथ लिएका छन् । संसदीय सुनुवाइ समिति सभापति इश्वरी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति ठाकुर गैरेले शपथ लिएका हुन् । 

उनीहरूलाई बिहीबार सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । यसअघि आजै भएको निर्वाचनमा यी दुवै सभापतिहरू निर्विरोध निर्वाचित भएका थिए । 

निर्वाचित सभापतिहरूलाई शपथपछि संसदीय सुनुवाइ समितिका सभापति न्यौपानेले समितिमा सिफारिस भएका व्यक्तिहरूको सुनुवाइलाई प्रभावकारी र निष्पक्ष बनाउने बताइन् । त्यस्तै, राज्यका निर्देशक सिद्धान्त समितिका सभापति गैरेले राज्यका नीतिहरु र दायित्वहरुलाई जनअपेक्षा अनुसार कार्यान्वयन गर्नका लागि सरकारलाई जवाफदेही बनाउन भूमिका खेल्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro