site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'भ्रष्टाचार मुद्दामा हदम्यादबारे संसद्ले गर्ने निर्णयमा आपत्ति छैन, निलम्बनको व्यवस्था चाहिन्छ'
राज्य व्यवस्थापन तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दामा पूर्वाग्रह नराखिएको बताएको छ । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेम राईले आफूहरूले कुनै पनि मुद्दामा संवेदनशील भएर अनुसन्धान गरेको दाबी गरे ।

समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ ।

"संवेदनशील भएर अनुसन्धान गरिएकाे छ । पूर्वाग्रह राखिएकाे हाे कि भन्ने आयाे, त्याे हाेइन । जुन पार्टीको मान्छे कार्यकारीमा छ, त्यही पार्टीको बढी आउँदाे रहेछ । आफ्नो नपराेस्, अरूकाे पराेस् भन्ने साेच देखिन्छ, त्याे बदल्न जरुरी छ," उनले भने ।

भ्रष्टाचार मुद्दा दायर गर्ने हदम्यादका सम्बन्धमा प्रमुख आयुक्त राईले संसद्‌को अधिकार क्षेत्र भएकाले आफूहरूको कुनै आपत्ति नरहने बताए । "हदम्यादकाे सम्बन्धमा राख्नैपर्छ भन्ने छैन । छलफल गर्नुस्, सदनबाट जे निर्णय हुन्छ । हाम्राे आपत्ति हुँदैन," उनले भने ।

तर, भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बन नहुँदा प्रमाण नष्ट हुन सक्ने भएकाले यसलाई कायम राख्नुपर्ने उनको भनाए छ ।

"निलम्बन नभएपछि विशेष अदालतबाट सफाइ नपाउँदासम्म प्रमाण नष्ट हाेला, निलम्बन रही रहनुपर्छ," उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro