site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली भुटानी शरणार्थी प्रकरण : पोलिग्राफ परीक्षण गर्न नमानेका झामाथि बयान लिँदै अदालत

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाविरुद्ध जिल्ला अदालत काठमाडौंले बुधबार बयान लिइरहेको छ । जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता गराएको थियो ।

झाविरुद्ध सरकारी वकिल कार्यालयले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुर दाबीसहित मुद्दा दर्ता गरेको हो ।

न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान गराइँदैछ । जिल्ला सरकारी वकिल कार्यालय र प्रहरीसँगको बयानमा भने उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नदेखिएको बताएका थिए ।

यद्यपि, झाले पोलिग्राफ टेष्ट गर्न भने अस्वीकार गरेको खुलेको छ ।

अभियोजन प्रतिवेदनमा उनले पोलिग्राफ परीक्षण गर्न नमानेको उल्लेख गरिएको छ । झा १३ असारमा पक्राउ परेका थिए । उनीमाथि मन्त्रिपरिष्दबाट नक्कली भुटानी प्रकरणको निर्णय गराउने भन्दै दुई करोड रुपैयाँ सानु भण्डारीबाट लिएको खुलेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro