site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भयो भन्ने सन्देश दिन सफल हुनेछौँ : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुग्न लाग्नु साकारात्मक पक्ष भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार उनले टीआरसी विधेयकमा संसदीय समितिबाट अझिल्एका विषयमा सर्वसहमति भएको भन्दै आज प्रतिनिधिसभाबाट पारित हुने बताए । 

“टीआरसी टुंगो लगाउनुपर्ने थियो । यस सम्बन्धमा हामीले अलिक ढिलो गर्याैं ।  शान्ति प्रक्रिया ०६३ बाट सुरु भएयता १८ वर्षमा थुप्रै उपलब्धि हासिल गरेका छौँ,” उनले भने, “अन्तिम टुंगो लागेको थिएन । केही विषय अल्झिएका थिए । तिनको गाँठो  फुकाउन जरुरी थियो । अहिले संसदीय समितिबाट सर्वसम्मत आइसकेको छ ।” 

Dabur Nepal
NIC Asia

उनले पीडितमैत्री रुपमा विधेयकलाई अघि बढाइएको बताए । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक ऐन बनेपछि सरकारको तर्फबाट पूरा सहयोग हुने बताए । 

“शान्तिका पक्षधरहरूका लागि खुसीको विषय छ । यो ऐन बनिसकेपछि आयोग निर्माण गर्नेछौँ,” उनले भने, “सहमतिका साथ प्रभावकारी आयोग बन्छ । सरकारको तर्फबाट पूरा सहयोग हुन्छ ।” 

ओलीले नेपाल छोटो अवधिभित्र द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन सफल हुने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro