site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त बेचन झाविरुद्ध मुद्दा दर्ता, आजदेखि बयान

काठमाडौं । भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झाविरुद्ध पूरक अभियोग जिल्ला अदालत काठमाडौंमा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले झाविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । दोस्रो चरणको अनुसन्धान घेरामा परेका अन्य प्रतिवादीहरु भने पक्राउ परेका छैनन् ।

झाविरुद्ध सरकारी वकिलले ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुर दाबीसहित मुद्दा दर्ता गरेको हो । जिल्ला अदालत काठमाडौंले बेचनको आज बयान गराउँदै छ । 

न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान गराइँदैछ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगेको आरोपमा सरकारी वकिलले झाबाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने मागदाबी गरेको छ । मुलुकी अपराध संहिता–२०७४ को दफा २५४ बमोजिम प्रतिवादीबाट पीडितहरूलाई रकम भराउन मागदाबी लिइएको हो । 

झालाई एकीकृत कसुरमा पनि थप सजाय हुनुपर्ने मागदाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro