site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हरि ढकाललाई सभामुखले बीचैमा रोकेपछि...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दा सभामुख देवराज घिमिरेले ‘रुलिङ’ गरे । उनको रुलिङपछि रास्वपाले विरोध जनाएको छ ।

आकस्मिक समयमा सभामुखले विषयमा केन्द्रित हुन ध्यानाकर्षण गराउँदा रास्वपाका सांसदले आसनबाट उठेर विरोध जनाए ।

सांसद ढकालले सडकबारे धारणा राखेका थिए । उनले भ्रष्टाचारको प्रकोपका कारण पनि सडक भत्किएको बताए । उनले भ्रष्टाचारको विषय आकस्मिक हुने भन्दै विद्युत्बारे धारणा राख्न थाले ।

त्यसैबीच, सभामुख घिमिरेले रास्वपाका सभापति रवि लामिछानेलाई बोल्न समय दिए । लामिछानेले ढकालले विद्युत् महसुल भन्दा बोलिरहेको माइकको लाइन काटिनु आपत्तिजनक भएको बताए । उनले ढकाललाई आफ्नो धारणा राख्न दिन आग्रह गरे ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आकस्मिक समयमा बोल्न पाउने विधि बिगारिएको बताए । उनले जनताका प्रतिनिधिले आफ्ना विषय राख्न पाउने जिकिर गरे । निश्चित विषयमा बोल्न पाउने र नपाउने भन्ने मान्य नहुने उनले बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro