site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शंकर पोखरेल भन्छन्– सरकारका काममा सुधारको संकेत देखियो
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सरकारका काममा सुधारका संकत देखिन थालेको बताएका छन् ।

ललितपुर, च्यालसस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारले सकारात्मक काम गर्न सुरु गरेको बताए ।

“अहिले पुँजीबजारमा उल्लेख्य सुधार भएको छ ।  प्रशासनिक क्षेत्रमा काम गर्ने उत्साह देखिएको छ,” उनले भने, “आर्थिक क्षेत्रमा भने केही आशातित सुधार भएको छैन । यसलाई सुधार गर्दै लैजानुपर्छ ।”

महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिका लागि दल बलियो हुनुपर्ने आवश्यकता औँल्याए । सत्ता राजनीतिमा साना साना दलहरूको बाहुल्यताको कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै उनले देशमा स्थायित्वका लागि बलियो राजनीतिक आधार तयार गर्ने उद्देश्यका साथ एमाले र कांग्रेस मिलेर सरकार बनाएको धारणा राखे ।

महासचिव पोखरेलले राजनीकि स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्दा दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकाले कांग्रेस र एमाले मिलेको स्पष्ट पारे । मुलुक लगातार आर्थिक संकटमा आउन थालेपछि एमालेका अध्यक्ष शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको उनको दाबी छ । रासस
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  २१:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro