site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टाटाको पञ्च ईभी नेपालमा, बुकिङ खुला

काठमाडौं । टाटा मोटर्सको विद्युतीय गाडी पञ्च ईभी नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले गाडी नेपालमा सार्वजनिक गरेको हो ।

कम्पनीले सोमबारदेखि पञ्च ईभीको बुकिङ खुला गरेको छ । यससँगै ग्राहकले कम्पनीको आधिकारिक वेबसाइट मार्फत प्रि–बुकिङ गर्न सक्ने जनाएको छ ।

प्रि–बुकिङ गरिएका गाडीहरू आउँदो भदौमा हुने नाडा अटो सोबाट डेलिभरी सुरु गरिने कम्पनीले बताएको छ ।     

एक्ट. ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पञ्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको टाटाले जनाएको छ ।

गाडीमा इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्‍याम्प–ओभर एंगल्सलगायत विद्युतीय एसयूभीमा हुनुपर्ने हरेक विशेषता रहेको कम्पनीले जनाएको छ ।

गाडीमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस छ । भारतमा चर्चामा रहेको टाटाको पञ्च ईभीका मासिक अठार हजार युनिट बिक्री भइरहेको कम्पनीको दाबी छ । 

यो गाडी भारतीय अटो बजारमा कम्प्याक्ट एसयूभीको रूपमा स्थापित भएको टाटाको भनाइ छ । पन्च ईभीले नेपाली बजारमा पनि छोटो अवधिमै उल्लेखनीय हिस्सा ओगट्ने कम्पनीको अपेक्षा छ ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro