site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चालिसौँ हजार प्यालेस्टिनी मारिँदा मौन छ नेपाली समुदाय, शक्ति राष्ट्रको छायामा शान्ति गौण बन्दै गएको हो ? 
SkywellSkywell

काठमाडौं । इजरायलले शनिबार प्यालेस्टिनी गाजा क्षेत्रको अल–ताबाइन विद्यालयमा बमबारी गर्‍यो । विद्यालयमा इजरायली आक्रमणबाट विस्थापित प्यालेस्टिनी बसेका थिए । शनिबार विद्यालयमा शरण लिइरहेका विस्थापित प्यालेस्टिनहरू बिहानको प्रार्थना गर्न लागिरहेका बेला इजरायलले बमबारी गरेको थियो । इजरायली आक्रमणबाट १०० जना प्यालेस्टिनीको मृत्यु भयो । दर्जनौं घाइते भए ।

इजरायलको बर्बर आक्रमणको विश्व समुदायले निन्दा र भ्रत्र्सना गरिरहेको छ । तर, यसमा नेपाल सरकार मौन बसेको छ । 

नेपाल सरकार मात्र होइन, नेपाली समुदाय पनि मौन छ । मानवअधिकारवादी तथा नागरिक अगुवा कृष्ण पहाडी भन्छन्, “संयुक्त राष्ट्रसंघ लाचार बन्दा विश्वमा युद्धको उन्माद बढ्दै गएको छ । शक्ति राष्ट्रसामु धेरै देश र मानिस मौन बसिदिँदा विश्वमा शान्ति धर्मराएको छ ।” 

Dabur Nepal
NIC Asia

विगत १० महिनादेखि इजरायलले गाजामा बर्बर आक्रमण गर्दै आएको छ । हमासविरुद्धको आक्रमण भने पनि इजरायलले निर्दोष प्यालेस्टिनी नागरिकमाथि बम बर्साउँदै आएको छ ।

यसबीचमा इजरायलले हजारौं निर्दोष प्यालेस्टिनीको ज्यान लिइसकेको छ, जसमा अधिकांश महिला र बालबालिका छन् ।  पश्चिमा राष्ट्रको साथ सहयोग पाएको, अझ खासगरी अमेरिकाको सहयोग लिइरहेको इजरायललाई लिएर विश्व शक्ति राष्ट्र विभाजित भएका छन् । 

युरोप र उत्तर अमेरिकी राष्ट्रहरु इजरायलको पक्षमा उभिएका छन् । केही अरब, ल्याटिन अमेरिकी र एसियाली राष्ट्र प्यालेस्टिनीको पक्षमा देखिन्छन् । तर धेरै देश मौन बसेका छन् । देशमात्र होइन पछिल्लो समय ती देशका जनता, नागरिक अगुवा र मानवअधिकारवादी संघ संस्था पनि मौन देखिएका छन् ।
 
महिनौँदेखि निर्दोष प्यालेस्टिनीमाथि आक्रमण हुँदा र हजारौंका ज्यान जाँदा समेत नेपालका नागरिक अगुवा तथा मानवअधिकार वादी संघसंस्थाले शान्ति र निर्दोषका पक्षमा आवाज उठाएका छैनन् । एक–दुई वटा संस्थाबाहेक अरु मौन देखिएका छन् । 

के शक्ति राष्ट्रको छायामा शान्ति गौण बन्दै गएको हो ? मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति पहाडीले बाह्रखरीसँग भने, “शक्ति राष्ट्रको छायामा शान्ति गौण बन्दै गएको सत्य हो । शक्ति राष्ट्रको उन्मादका अगाडि शान्ति कमजोर बनेको छ । यो विश्वको लागि खतरा हो ।” 

२०८० असोज २० गने प्यालेस्टिनको चरमपन्थी समूह हमासले इजरायलमाथि अचानक आक्रमण गरेको थियो ।  अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार, उक्त आक्रमणमा १ हजार १३९ जना मारिएका थिए । 

मारिनेमा १० जना नेपाली विद्यार्थी पनि थिए । एक नेपाली विद्यार्थी विपिन जोशीलाई हमासले बन्धक बनाउँदै लगेका थियो, जसको अवस्था अझै अज्ञात छ । 

हमासको अप्रत्यासित आक्रमणपछि इजरायल प्रत्याक्रमणमा उत्रेको थियो । त्यसपछि सुरु भएको इजरायल–हमास युद्ध निरन्तर छ । बीचमा केही दिन युद्धविराम भएको थियो । युद्धविरामले निरन्तरता पाउन सकेन । 

इजरायल र हमासबीच युद्ध निरन्तर चलेको १० महिना बितिसकेको छ ।  यो अवधिमा इजरायलको आक्रमणमा परी आइतबार दिउँसोसम्म प्यालेस्टिनीमा ४० हजार ३१९ जना मारिएको अलजजिराको समाचारमा उल्लेख छ । 
मारिएकामध्ये १५ हजार भन्दा बढी बालबालिका मात्र छन् । इजरायलको आक्रमणमा ९१ हजार ७२२ जनाभन्दा बढी प्यालेस्टिनी घाइते भएका छन् भने १० हजारभन्दा बढी बेपत्ता छन् ।

“हमासको आतंक र इजरायलको बर्बरता दुवै खतरनाक छन् । अझ शक्ति राष्ट्रहरु विभाजित हुँदै एउटाले हमासको आतंकलाई साथ दिने र अर्कोले इजरायलको बर्बरतालाई समर्थन गर्दा शान्ति जोखिममा परेको छ,” पहाडीले भने ।

इजरायलले अन्तर्राष्ट्रिय युद्धको नियम पालना गरेको छैन । गाजामा रहेका विद्यालय, अस्पताल, मिडियाको कार्यालय, दाताका कार्यालय सबैतिर बर्बर आक्रमण गर्न इजरायलले चुकेको छैन ।

संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालय, विश्व स्वास्थ्य संगठन र प्यालेस्टिनी सरकारको अगस्ट ४ सम्मको पछिल्लो तथ्याङ्क अनुसार इजरायली आक्रमणले गाजा क्षेत्रका आधाभन्दा बढी घरहरु ध्वस्त वा क्षतिग्रस्त भएका छन् । 

इजरायलको आक्रमणबाट ८० प्रतिशत व्यावसायिक सुविधा, ८५ प्रतिशत विद्यालय भवन ध्वस्त भएका छन् । 

३५ वटा अस्पतालमध्ये १६ वटा आंशिक रुपमा सञ्चालनमा छन् । गाजाको ६५ प्रतिशत सडक सञ्जाल र ६३ प्रतिशत खेतीयोग्य जमिनमा इजरायलको आक्रमणबाट क्षति पुगेको छ । 

“राष्ट्रसंघले काम गर्न नसक्दा युद्ध बढ्यो र विस्तार हुनेतर्फ अघि बढेको छ । हमास र इजरायलबीचको युद्ध अब विस्तार हुँदै इजरायल–इरान, इजरायल–लेबनान हुने हो कि भन्न डर बढेको छ,” पहाडीले भने ।

इजरायल र हमासबीच यसअघि पनि युद्ध नभएका होइनन्, तर यति लामो समय चलेको थिएन । केही दिन युद्ध हुन्थ्यो, मानवीय क्षति पनि कम हुन्थ्यो । तर यतिखेर त युद्ध १० महिना बित्दा पनि समाप्त हुने देखिएको छैन । मानवीय क्षति डरलाग्दो छ । 

नेपालमा हमासको आतंक र इजरायलको बर्बरताको विरोध हुँदै नभएको होइन ।  जति हुनुपर्थ्यो त्यति नभएको हो । खासगरी पछिल्लो समय इजरायलले गरेको बर्बर आक्रमणप्रति मौनता साँधिएको छ । 

हमासले इजरायलमाथि आक्रमण गरेकै दिन नेपाल सरकारले उक्त आक्रमणको भत्र्सना गरेको थियो । नेपालले उक्त आक्रमणलाई ‘आतंकवादी आक्रमण’ बताएको थियो ।

हमासले इजरायलमा आक्रमण गरेको भोलिपल्ट २०८० असोज २१ गते तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै घटनलाई नेपाल सरकारले गम्भीरताकासाथ लिएको बताएका थिए । हमासले गरेको आक्रमणको कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले भत्र्सना र निन्दा गरेका थिए ।

मानवअधिकार तथा शान्ति समाजले गत असोज २९ गते ‘हमासको आतंकवाद र इजरायलको उदण्डता विश्व शान्तिका लागि खतरा’ भन्दै उक्त घटनाको विरोध गरेको थियो । 

समाजले गत कात्तिक १ गते हमासको आतंक र इजरायलको बर्बरताविरुद्ध काठमाडौंको बौद्धमा विरोध प्रदर्शन गरेको थियो । कात्तिक २३ गते समाजले काठमाडौंस्थित इजरायल र कतारको दूतावास अगाडि प्रदर्शन गरेको थियो । 

गत काक्तिक २ गते ५०० जनाको ज्यान जानेगरी गााजाको एक अस्पतालमा भएको आक्रमणको नेपाल सरकारले सोही दिन भ्रत्र्सना गरेको थियो । त्यही महिनाको १४ गते पाटन दरबार क्षेत्रमा उपस्थित भई विभिन्न व्यक्तिले प्यालेस्टिइन माथि भइरहेको आक्रमणको निन्दा गरेका थिए ।

२०८१ वैशाखमा इरान र इजरायलबीच तनाव बढ्दा नेपाल सरकारले अधिकतम संयम अपनाउन आग्रह गरेको थियो । गत जेठ १९ गते प्यालेस्टिनीको पक्षमा विभिन्न संघसंस्थाले प्रदर्शन गरेका थिए ।

इजरायलले जुन तरिकाले बर्बर आक्रमण गरी निर्दोष प्यालेस्टिनीलाई मारिँदैछ, यसबारे नेपालका राजनीतिक दलहरु पनि मौन बसेका छन् । अन्याय, अत्याचार र निर्दोषको पक्षमा आवाज उठाउने खासै कोही देखिएको छैन । 
“हामीले शान्तिका पक्षमा आवाज उठाइरहेका छौं, तर हाम्रो आवाज सुनिँदैन,” पहाडीले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu