site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय विदेशमन्त्रीको परिचयात्मक भ्रमण, प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक नहुने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीको दुई दिने नेपाल भ्रमणमा नेपाल–भारत द्विपक्षीय प्रतिनिधिमण्डलस्तरिय बैठक नहुने भएको छ । 

भारतीय विदेश सचिव मिश्री द्विपक्षीय नेपाल भ्रमणमा नआई परिचयात्मक भ्रमणमा आएका कारण द्विपक्षीय प्रतिनिधिमण्डलस्तरिय बैठक नहुने भएको हो ।

“भारतीय विदेश सचिव विक्रम मिश्रीको यो द्विपक्षीय भ्रमण होइन, परिचयात्मक भ्रमण हो । यसैकारण नेपाल र भारतका विदेशसचिवबीच यसपटक प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय बैठक राखिएको छैन,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो । 

भारतका विदेश सचिव मिश्री आइतबार बिहान काठमाडौं आएका हुन् । विदेश सचिव भएपछि यो उनको दोस्रो विदेश भ्रमण हो । एक महिनाअघि भारतको विदेश सचिवको जिम्मेवारी लिएपछि उनले पहिलो विदेश भ्रमण भुटानको गरेका थिए । 

नेपाल–भारत सीमा विवाद जस्ता मुद्दा विदेश सचिव स्तरीय संयन्त्रले हेर्ने व्यवस्था छ । तर, यसपटक द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय बैठक नहुने भएपछि यस्ता मुद्दाहरू थाती रहने स्रोतले बतायो । 

स्रोतका अनुसार विदेश सचिव मिश्री आफूलाई नेपाली राजनीतिज्ञसमक्ष चिनाउन र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको नयाँ सरकारको ‘मुड’ बुझ्न नेपाल आएका हुन् । 

भारतीय विदेशमन्त्री मिश्रीले आइतबार दिउँसो २ः४५ बजे राष्ट्रपति रामचन्द्र पौडेल र ३ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । 

नेपाल भ्रमणमा रहँदा भारतीय विदेश सचिव मिश्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro