site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दलित समुदाय सडकमा

काठमाडौं । राज्यका विभिन्न निकायमा दलित समुदायको प्रतिनिधित्व हुनुपर्ने भन्दै शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई पनि सहभागी गराउनुपर्ने मागसहित दलितका लागि दलित अभियान, नेपालको आह्वानमा माइतीघरमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा उत्रिएकाहरूले राज्यका विभिन्न निकायमा दलित समुदायलाई घृणा गरिएको बताए । राज्यका महत्त्वपूर्ण निकायमा दलित समुदायको प्रतिनिधित्व गराउन निरन्तर दबाब दिने उनीहरूले उल्लेख गरे । दलित समुदायको हक–अधिकार स्थापित गर्न पनि राज्यका निकायमा आफूहरूको उपस्थिति हुनैपर्ने उनीहरूको माग छ ।

उनीहरूले ‘दलितलाई मन्त्री खै ?’, ‘दलितलाई बजेट खै ?’, ‘दलितलाई राजदूत खै ?’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १४:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro