site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधान संशोधन विधि र प्रक्रियाबाटै हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बहुमतको बलमा संविधान संशोधन नगर्ने बताएका छन् ।

शुक्रबार विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिंहले वर्तमान सरकारले संविधानमा अपुरो भएको कुरालाई पूर्णता दिन संविधान संशोधन गर्ने बताएका हुन् ।

उनले संविधान संशोधन बहुमतको बलमा नगरी निश्चित विधि र प्रक्रियाबाट गरिने उल्लेख गरे । अधिकार दिने कुरामा भएका कमी कमजोरी सच्याउन र समाजका असन्तुष्टिहरूलाई सम्बोधन गर्न संविधान संशोधन गर्न लागिएको उनले स्पष्ट पारे ।

कांग्रेस जनतालाई अधिकार दिलाउन लडेको पार्टी भएको भन्दै जनतालाई दिएको अधिकार फिर्ता लिनेबारे नसोच्ने बताए । ०७२ सालमा ल्याएको संविधानले दिएको अधिकार कटौती गर्न लागिएको भन्ने गलत व्याख्या भइरहेको भन्दै त्यस्तो नहुने बताए । ०७२ को संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न र कमी कमजोरीहरु सच्याउनकै लागि संविधान संशोधन गरिने उनको भनाइ थियो ।

"यो सरकार संविधानको पालना गराउनको लागि, संविधानमा अपुरो भएका कुराहरूलाई संशोधन गर्ने । संशोधन निश्चित विधि र प्रक्रियाबाट हुन्छ । बहुमतको बलमा गर्ने होइन । विधि, प्रक्रिया पूरा गरेर गर्ने हो । अधिकार दिनुपर्नेमा कमी, कमजोरी भइरहेको छ । समाजमा उठेका असन्तुष्टिका सवालहरूलाई सम्बोधन गर्नका लागि संविधान संशोधन गरेर अझ समाजमा राम्रो वातावरण बनाउनका लागि यो सरकारले काम अगाडि बढाउनेछ," उनले भने ।  

उनले संघीयता, गणतन्त्र, समावेशिता लगायतका कुराहरुलाई जनताले चाहेअनुसार नै कार्यान्वयन गराउने बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro