site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पेरिस ओलम्पिक २०२४ : अमेरिका पदक तालिकाको शीर्ष स्थानमा, पछ्याउँदै चीन 
फाइल तस्बिर ।

काठमाडौं । पेरिस ओलम्पिक–२०२४को १४औँ दिन पदक तालिकाको शीर्ष स्थानमा अमेरिका कायमै छ । प्रतियोगितामा शुक्रबारका खेलहरू जारी रहँदा अमेरिका ३० स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा छ । 

कुल १०३ पदक चुमिसकेको अमेरिकाले ३८ रजत र ३५ काश्य जितेको छ । जारी प्रतियोगितामा १००औँ पदक जित्ने अमेरिका एकमात्र देश हो । 

अमेरिकालाई पछ्याइरहेको चीनले २९ स्वर्ण, २५ रजत र १९ काश्यसहित ७३ पदक जितेको छ । तेस्रो स्थानको अस्ट्रेलियाले १८ स्वर्ण जितेको छ । १४ रजत र १३ काश्य जितेको अस्ट्रेलियाले कुल ४५ पदक जितेको छ । 

Dabur Nepal
NIC Asia

चौथो स्थानको फ्रान्सले १४ स्वर्ण, १९ रजत र २१ काश्यसहित ५४ पदक जितेको छ । पाँचौं स्थानमा ब्रिटेन छ । ब्रिटेनले १३ स्वर्ण, १७ रजत र २१ काश्यसहित ५१ पदक जितेको छ । 

छैटौँ स्थानको दक्षिण कोरियाले पनि १३ स्वर्ण, आठ रजत र सात काश्यसहित २८ पदक जितेको छ । सातौँ स्थानमा रहेको जापानले १३ स्वर्ण, सात रजत र १३ काश्यसहित ३३ पदक जितेको छ । 

आठौँ स्थानको नेदरल्यान्ड्सले ११ स्वर्ण, ६ रजत र आठ काश्यसहित २८ पदक जितेको छ । नवौँ स्थानमा इटाली र १०औँ स्थानमा जर्मनी छ । 

इटालीले १० स्वर्ण, ११ रजत नौ काश्यसहित ३० र जर्मनीले नौ स्वर्ण, नौ रजत र पाँच काश्यसहित २३ पदक जितेको छ ।

प्रतियोगिताको १४औँ दिनसम्म ५८ देशले स्वर्ण जितेका छन् । ५४ देशले काश्य र ६७ देशले रजत जितेका छन् ।

454009781_1325960031518343_5822662534097812857_n-1723195491.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro