site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सीटीईभीटीले अघि बढायो नर्सिङसहित ४२ वटा कलेजको सिट निर्धारण प्रक्रिया 

काठमाडौं । प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीले ४२ वटा प्राविधिक कलेजको सिट निर्धारण प्रक्रिया अघि बढाएको छ । सीटीईभीटीले  प्रमाणपत्र कार्यक्रमम सञ्चालन गर्न आशयपत्र लिइ प्रक्रिया पूरा गरेका कलेजलाई सिट निर्धारणका निम्ति चिकित्सा शिक्षा अयोगमा सिफारिस गरेको हो ।
 
परिषद्को साउन २२ गतेको बैठकले उच्च अदालत पाटनबाट आदेश भएका ६ सहित चिकित्सा शिक्षा र इन्जिनियरिङका कार्यक्रम सञ्चालन गर्न अयोगसमक्ष सिफारिस गरेको हो ।
 
यसअघि वि.सं. २०८९ देखि २०८१ असारसम्म नयाँ कलेजको सम्बन्धन र सिट निर्धारणका सम्बन्धमा सीटीईभीटीको बैठक बस्न सकेको थिएन । यो अवधिमा ८२ वटा कलेजलाई आयोगबाट आशयपत्र दिइएको थियो । 

सोही बैठकले पाँचवटा कलेजलाई चिकित्सा शिक्षाका कार्यक्रम स्तरोन्नती गरी सञ्चालन गर्ने र सातवटाको कार्यक्रम रद्ध गर्ने पनि निर्णय गरेको छ । 
 
चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालनका निम्ति सीटीईभीटीले लामो समयदेखि प्रक्रिया रोकेको विषय संसदीय समितिसम्म छलफल भएको थियो । 

यी हुन् सिट पाउन सिफारिस भएका कलेज :

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro