site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हवाई सुरक्षाबारे उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकसँग मन्त्री पाण्डेले गरे छलफल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्रीप्रसाद पाण्डेले हवाई दुर्घटना न्यूनीकरणबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरूसँग छलफल गरेका छन् ।

छलफलका क्रममा पूर्वमहानिर्देशकहरूले कतिपय विमान कम्पनीले नागरिक उड्डयनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा मान्यता दिइएको तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ)ले तोकेको सेफ्टी मेनेजमेन्ट सिस्टम (एसएमएस) लागु नगरेको बताएका थिए । उनीहरूले विमान चालक तथा प्राविधिक जनशक्ति लागि आवश्यक सुरक्षासम्बन्धी तालिम आदिमा न्यून लगानी गरेको विषयमा पनि मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणको पूरै संरचना र सञ्चालनबारे ‘थर्ड पार्टी अडिट’ गराउन आवश्यक भएको र त्यसका लागि अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त संस्थाबाट विज्ञ ल्याउन सकिने सुझाव दिइएको थियो ।

दुर्घटनाको जाँच स्वतन्त्र नहुने, जाँच समितिले दिएको प्रतिवेदन कार्यान्वयन नहुने र त्यसको फलोअप नभएको हुँदा त्यसतर्फ मन्त्रालयले ध्यान दिनुपर्ने सुझावहरू दिइएको थियो ।

नागरिक उड्डयन प्राधिकरण (क्यान)को समग्र पक्षमा सुक्ष्म निगरानी गरी सुधार गर्नुपर्ने र त्यसका लागि विचाराधीन विधेयकहरू संसद्‌बाट पास गराउने पहल गर्नु पर्ने कुरामा पनि जोड दिइएको थियो ।

मन्त्री पाण्डेले पूर्व डीजीहरूलाई मन्त्रालयमै बोलाएर नेपालको हवाई क्षेत्रका समस्या र सवालबारे छलफल गरेका हुन् । मन्त्री पाण्डेले नीतिगत, कानुनी, र संरचनागत सुधारका लागि पूर्वडीजीहरूबाट सुझाव मागेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro