site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बालबालिकाको पोषण : स्थानीय उत्पादन र रैथाने बालीको उपभोग बढाउन जोड
SkywellSkywell

काठमाडौं । बालबालिकाको पोषणका लागि स्थानीय खानामा जोड दिनुपर्ने विभिन्न क्षेत्रका अगुवाहरूले बताएका छन् । कोदो, फापर, जुनेलो, सागपात, फलफूल र अन्य स्थानीय जातका रैथाने बाली नै बालबालिकाको पोषणका लागि उपयोगी हुने भएकाले यसको प्रयोगमा जोड दिनुपर्ने उनीहरूको भनाइ छ । 

वर्ल्ड भिजन इन्टरनेसनल नेपालसँगको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोरावले काठमाडौंमा आयोजना गरेको कार्यक्रमका सहभागी सरोकारवालाले बालबालिकाको पोषणमा प्याकेट र बोतलका तयारी खानेकुराले नकारात्मक असर गरेको भन्दै अब स्थानीय उत्पादन र रैथाने बालीको उपभोग बढाउनुपर्ने बताएका हुन् ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले बाध्यताका कारण कामकाजी आमाले स्तनपान गराउान नपाएको बताउँदै सरकारले सुत्केरीलाई दिने बिदा नै पर्याप्त नभएको उल्लेख गरिन् । कामकाजी आमाले बच्चाका लागि कार्यालयमा शिशु हेरचाह्र केन्द्रको स्थापना अनिवार्य गर्नुपर्नेमा जोड दिइन् । 

Dabur Nepal
NIC Asia

पोषणसँग जोडिएका सबै पक्षका लागि सकारात्मक पहल गर्नुपर्ने बताउँदै उनले रैथाने बाली उत्पादन हुने क्षेत्रमा पनि तयारी खानाको बिगबिगी बढेको पाइएको उनको भनाइ थियो । यसबारे सैद्धान्तिक छलफलका साथै काम नै थालिहाल्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले सबैको घरमा तयारी खानाको प्रयोग बढ्दै गएकोले यसतर्फ सचेत हुनुपर्ने बताए । बालबालिकालाई तयारी खानाको स्वाद चखाउने अभिभावक नै भएकाले यस्तो कदमले बालबालिकाको पोषणमा प्रत्यक्ष असर पुग्ने उनको भनाइ छ । पोषणसम्बन्धी सचेतना फैलाउन आयोगले पनि पहलकदमी लिने उनले प्रतिबद्धता जनाए । 

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेलले नेपालमा पोषणसम्बन्धी ऐन, कानुन र नीति पर्याप्त भए पनि पूर्ण कार्यान्वयन नभएको बताए । 

पोषणयुक्त बालीको खेती हुनै छाडेको तर्फ स्मरण गराउँदै उनले भएका रैथाने बालीबाट पनि परिकारलाई विविधिकरण गर्नुपर्नेमा जोड दिए । विद्यालयले प्रदान गरिरहेको दिवा खाजालाई पोषणको दृष्टिकोणबाट मानवअधिकार आयोगले अनुगमन गरिरहेको समेत उनले जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ६ महिनासम्म पूर्ण स्तनपान गराउने आमाको संख्या ५६ प्रतिशतमा झरेको जानकारी गराउँदै यो बालबालिकाको स्वास्थ्यका लागि उचित नभएको बताए । नेपाल जनसांख्यिक सर्वेक्षणले हाल ६ देखि ५९ महिनाका बालबालिकामा २५ प्रतिशतलाई पुड्कोपना, आठ प्रतिशतमा ख्याउटेपना, १९ प्रतिशतमा कम तौल, ४३ प्रतिशतमा रक्तअल्पता देखाएको बताउँदै उनले यसलाई कम गर्न तीन तहकै सरकार अग्रसर हुनुपर्ने बताए । 

वर्ल्ड भिजनका निर्देशक उमा थापामगरले हरेक नागरिकका लागि प्रत्यक्ष जोडिएको पोषणको विषयमा अझै पनि पर्याप्त बहस हुन नसकेको भन्दै भर्खरै घोषणा गरिएको ‘इनफ’ अभियानले पोषणका बारेमा पैरबी र चेतना बढाइरहेको बताइन् । कुपोषणदर घटाउन गरिबी पनि मुख्य चुनौती रहेको बताउँदै स्थानीय खानाको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइन् ।

वर्ल्ड भिजनकै पैरवी तथा अभियान व्यवस्थापक श्याम अधिकारीले विद्यालयमा दिवा खाजाको सुरुआत राम्रो भए पनि यही खाजामा पनि पोषिलो खानालाई जोड दिनुपर्ने बताए । 

अनुसन्धानकर्ता दिपेश घिमिरेले पोषणसम्बन्धी नीतिको समीक्षा प्रस्तुत गर्दै नेपालमा तयारी खानाको असर सहरमा भन्दा बढी गाउँमा देखिएको जानकारी दिए । पछिल्लो समय हरेक पालिकालाई पोषणमैत्री बनाउने सकारात्मक अभ्यासको थालनी भएको बताउँदै बालबालिकाको पोषणलाई सुनिश्चित गर्नेगरी नेपालको संविधानको मौलिक हकअन्तर्गत स्वास्थ्य, शिक्षाको हक, वातावरणको हक, बालबालिकाको हक पोषणलाई सहयोग गर्ने हक भएको बताए । 

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रेशमलाल कँडेलले पोषणका क्षेत्रमा सरकारी तथा गैरसरकारी प्रयास जारी रहे पनि समन्वयको अभावमा दोहोरोपना देखिएको बताए । पोषणसम्बन्धी नीति फटाफट जारी भए पनि कार्यान्वयनको अवस्था भने निराशाजनक रहेको कँडेलको भनाइ छ । 

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ अकोरावका अध्यक्ष अर्जुन गिरीले देशका सम्पूर्ण बालबालिकाको पोषणमा ध्यान दिन सञ्चार माध्यमसँगै धार्मिक गुरु, सामुदायिक वन, विभिन्न समूह, क्लवलगायत परिचालन गर्नुपर्नेमा जोड दिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu