site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इमान्दारले चुनाव लड्नै नसक्ने भए, निर्वाचन प्रणाली बदलौँ : गुरु बराल
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नुपर्ने माग उठेको छ । कांग्रेस केन्द्रीय समिति बैठकको दोस्रो दिन बिहीबार केन्द्रीय सदस्य गुरु बरालले संविधानमा देखिएका कमजोरी परिमार्जन गर्नुपर्ने बताए ।

उनले महँगो निर्वाचनका कारण सबै राजनीतिक दलमा इमान्दार र निरन्तर लागि परेका नेता कार्यकर्तालाई चुनाव लड्न समस्या भइरहेको बताए । 

Dabur Nepal
NIC Asia

“महँगो निर्वाचनका कारण पार्टीका इमान्दार र निरन्तर लागिरहेका नेता कार्यकर्ता हतोत्साहित भएका छन् । निर्वाचनमा हुने अपारदर्शी र अनुचित गतिविधिको अन्त्य गर्न जरुरी छ‚” उनले भने‚ “नेपालको संविधान प्रयोग गरेको १० वर्ष पुग्न लागेको छ । संविधान चलायमान र समयसापेक्ष परिस्कृत र परिमार्जन गरिने दस्तावेज हो । अब हामीले यो गरेर समय र जनअपेक्षाअनुरूप जानुपर्छ ।”

बैठकमा उनले २०७९ को निर्वाचनमा नेपाली कांग्रेसको आधिकारिक उमेदवार नभएको र गठबन्धनविरुद्ध उमेदवारी दिएका र पार्टीमा फर्केर काम गर्न तयार रहेकाहरूको कारबाही फुकुवा हुनुपर्ने माग गरे ।

कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभाग प्रमुखसमेत रहेका उनले जारी केन्द्रीय समिति बैठकले चाडपर्वमा हुने दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव र कालोबजारी नियन्त्रण र प्रभावकारी अनुगमनका लागि नेपाल सरकारलाई निर्देश दिनुपर्ने माग गरे । साथै‚ उपभोक्ता अदालत गठनका लागि पहल गर्न र निष्पक्ष कारोबार आयोग गठन गर्ने गरी सदनमा विधेयक पेस गर्न दबाब दिनुपर्ने उनको माग छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro