राजनीति
काठमाडौं । सरकारले नुवाकोटमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सुवास थापा संयाेजक रहेको जाँचबुझ आयोग गठन गरेको हो ।
आयोगमा विष्णु बस्नेत र तनुजा पाेखरेल सदस्य रहेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
समितिलाई ३० दिनकाे समय दिइएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ १८:०३
प्रतिक्रिया दिनुहोस्