site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाँदरको हैरानी– बन्ध्याकरण गाह्रो‚ निर्यात गर्न कानुनी अप्ठ्यारो
Tiktok banner adTiktok banner ad

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्द शर्माले १६ प्रकारका जनावर कृषि उत्पादनका लागि हानिकारक जन्तु घोषणा गरिएको बताएका छन् । 
उनले मानवीय क्षति हात्तीबाट र कृषि क्षति बाँदरबाट भइरहेको बताए । 

मंगलबार प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि समिति बैठकमा बोल्दै उनले बाँदर व्यवस्थापनमा सोच्ने समय आएको बताए ।  उनले रातो बाँदरले दु:ख दिएको भन्दै बाँदरले कृषि खाने भन्दा पनि बिगार्ने गरेको बताए । 

“बाँदरको ब्यवस्थापनमा सोच्न पर्छ । भेटेनरी डाक्टरको टिम भारत गएर तालिम लिएका छन् । अध्ययन गर्न र समाधानको उपाए सुझाउन समिति बनाइएको छ । रातो बाँदरले दु:ख दिएको छ । गाउँमा रूख पनि बढेको छ । बाँदरले खाने भन्दा बिगार्ने हानी गर्ने काम बढी छ‚” उनले भने । 

उनले बाँदर मानिस पछिको बुद्धिमानी भएको भन्दै बाँदर आतंक अध्ययन गरेर समाधान गर्नुपर्नेमा जोड दिए । 

“निकुञ्ज भित्र निकुञ्जको क्षेत्राधिकार पर्छ बाहिर वन विभागको । नियन्त्रण गर्ने अब जनशक्ति कम छ‚” उनले भने ।  

बैठकमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण समिति संयोजक  सिन्धु ढुंगानाले १६ वटा जनावरबाट गत वर्ष ३४ जना व्यक्तिले ज्यान गुमाएको बताए । 

“हात्तीबाट हुने अधिकांश क्षति बाहिरबाट आउँछन् । मेची नदी तरेर पर्सासम्म आइपुग्छन् बाटोमा परेको ठाउँमा क्षति पुर्‍याउछन् । हात्तीको रुट व्यवस्थापन गर्नुपर्नेछ‚” बैठकमा उनले भने । 

बैठकमा उनले बाघको संख्या व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्दै बाँदरलाई तत्काल व्यवस्थापन गर्न नसके ठूलो नोक्सानी ब्यहोर्नुपर्ने बताए । 

“बन्ध्याकरण  गर्ने भनिए पनि गाह्रो छ । निर्यात गर्न कानुनी अप्ठ्यारो छ‚” उनले भने‚ “६० हजार सम्म दिने गरेका छौँ त्यो क्षतिपूर्ति नभएर राहत हो ।  गत वर्षको ७ करोड उधारो छ । १५ करोड बजेट छ २५ करोडको क्षतिपूर्ति माग छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro