site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठ वर्षपछि ‘कमब्याक’ गर्ने चलचित्रमा राजेशले कति लिए पारिश्रमिक ?

काठमाडौं । आठ वर्षपछि राजेश हमाल चलचित्रमा कमब्याक गर्दैछन् । ‘शकुन्तला’मा काम गरेयता उनले कुनै पनि चलचित्रमा काम गरेका थिएनन् । 

आठ वर्षपछि उनले दिवाकर भट्टराईको अनटाइटल सिनेमाबाट राजेशले कमब्याक गर्न लागेका हुन् । लोभलाग्दो फ्यानफलोइङ र सोही अनुरुपको व्यक्तित्व भएका उनले कति पारिश्रमिक लिएलान् ? 

केही समय अगाडि मात्रै अनमोल केसीले ५० लाख रुपैयाँ एउटा चलचित्रबाट लिएको खुलेको थियो । उनले चलचित्र ‘फर्की फर्की’बाट ५० लाख रुपैयाँ पारिश्रमिक लिएको ट्याक्स तिरेको प्रमाण सार्वजनिक गरेका थिए । 

राजेश हमाललाई दिवाकर निर्देशित चलचित्रको निर्माणपक्षले कति पारिश्रमिक दिएला भन्ने अहिले जिज्ञासाको विषय हो ।

निर्माणपक्षले भने कसले कति पारिश्रमिक लिने गरेको छ भन्दा पनि कति काम कसरी गरिँदै छ त्यसका आधारमा पारिश्रमिक निर्धारण गरिएको बताएको छ । 

राजेश हमालले कति समय दिन्छन्, कति डेडिकेटेड भएर काम गर्छन् त्यसका आधारमा पारिश्रमिकमा सहमत भएको निर्देशक दिवाकरले बताए ।  

“समय, मिहिनेत र डेडिकेसनका आधारमा पारिश्रमिक निर्धारण गरिएको छ,” उनले बाह्रखरीसँग भने ।  

एक्सन ड्रामा चलचित्रको नाम अर्को हप्ता सार्वजनिक गरिने दिवाकारको भनाइ छ । चलचित्रमा अन्य कलाकार को–को हुने भन्ने पनि निर्माणपक्षले हालसम्म सार्वजनिक गरेको छैन । 

चलचित्रको बजेट तीन करोडभन्दा माथि रहने उनले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro