site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यात्रुको टाउकोमा जुम्रा घस्रिएको देखिएपछि विमानको आपत्‌कालीन अवतरण !

लसएञ्जेल्स । लसएञ्जेल्स–न्युयोर्कको उडानमा रहेको अमेरिकन एयरलाइन्सको एउटा उडानमा एक महिला यात्रुको टाउकोमा जुम्रा घस्रिदै गरेको देखेपछि सो उडानको फोइनिक्समा आपत्‌कालीन अवतरण गराइएको छ ।

एक यात्री इथान जुडेल्सनले टिकटकमा यससम्बन्धी अनुभव सेयर गरेका छन् । त्यसले यात्रुहरूमा अन्योल र अनिश्चितता भएको उनले जनाएका छन् । विमान किन अवतरण गराइएको भनेर वास्तविक कारण खुलाएको थिएन ।

उनका अनुसार ‘क्रु’ले सो अवसरमा कम मात्रै सूचना दिएकोले यात्रुहरू अलमिलएको जनाएका छन् । सो घटना गएको जुनको भए पनि हालैमात्र विवरण सार्वजनिक भएको हो । 

विमान आपत्‌कालीन अवतरण गराइएपछि आफूहरूले यात्रुहरूबीच मसिनो स्वरमा कुराकानी भएको सुनेको जुडेल्सनले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार दुई यात्रुले महिलाको टाउकोमा जुम्रा घस्रिदै गरेको कुरा फ्लाइट एटेडेन्टलाई बताएका थिए । 

जब यात्रुहरू फोएनिक्समा उत्रिए त्यसपछि उनीहरूलाई इमेल आएको थियो । इमेलमा यहाँ तपाईंहरूको होटेल भौचर छ भनिएको थियो । यस्तै, विमान कम्पनीले खर्च १२ डलर पनि दिएको बताइएको छ । अमेरिकन एयरलाइन्सले पछि वक्तव्य जारी गर्दै सो उडान मेडिकल इमर्जेन्सीका कारण डाइभर्ट गरिएको जनाएको थियो ।

पिपुललाई अमेरिकन एयरलाइन्सका प्रवक्ताले पठाएको वक्तव्यमा सो दिन विमान डाइभर्ट गर्नुमा ग्राहकलाई मेडिकल आवश्यकता पूरा गर्नु भएको जनाइएको छ । तर, जुम्राको प्रसंग भने उल्लेख गरिएको छैन । एजेन्सी

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १५:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro