site stats
बाह्रखरी :: Baahrakhari
देश
पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
साउनको तेस्रो सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न पुगेका भक्तजनको घुइँचो । तस्बिर : हरिराम भेटुवाल/ रासस ।

काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा सोमबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी र बोलबम यात्रामा निस्केकाका निम्ति बिहान ४ः०० बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरेर सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

उनले भने, “पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज त बोलबमवालाहरूको पनि ठूलो संख्यामा घुइँचो लागेको छ । मन्दिरका चारै ढोका खुला गरेर भक्तजनलाई सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाएका छौँ ।”

Argakhachi Cement Island Ad

दर्शनार्थीका निम्ति सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन गरिएको विकास कोषले जनाएको छ ।

doleshwor-mahadev-bhaktapur1-1722829796.jpg

भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा पूजाअर्चना गर्न पुगेका भक्तजन । तस्बिर : चन्द्रकला क्षेत्री/रासस ।


साउन र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गरेको कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले बताए । “साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ,” उनले भने, “बोलबम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने चलन छ ।”

आज काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा–आराधन गरिरहेका छन् । रासस

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०९:३६
प्रतिक्रिया दिनुहोस्