site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्रमा कमब्याक गर्दै राजेश हमाल 

काठमाडौं । लामो समयपछि नायक राजेश हमाल चलचित्रमा फर्किने भएका छन् । दिवाकर भट्टराईको निर्देशनमा राजेश चलचित्रमा फर्किने भएका हुन् । 

अनटाइटल प्रोजेक्टमा राजेश अनुबन्ध भएका छन् । आइतबार ९आज० राजेश हमालले निर्माणपक्षसँग कागजी सम्झौता गरेका छन् । 

राजेश र दिवाकरबीच भएको कागजी सम्झौताको तस्बिर सार्वजनिक भएको छ । चलचित्र एक्सन ड्रामा हुने बताइएको छ । 

राजेशका लागि यो चलचित्र कमब्याक हुनेछ । राजेश सेतो पर्दामा नदेखिएको करिब आठ वर्ष भइसकेको छ ।   

चलचित्र ‘शकुन्तला’ राजेशले गरेको पछिल्लो चलचित्र हो । त्यसयता उनले चलचित्रमा काम गरेका छैनन् । 

‘शकुन्तला’ अघि राजेशको चलचित्र ‘वाग्मती’ रिलिज भएको थियो । यी दुवै चलचित्र बक्सअफिसमा असफल भएपछि राजेशले ब्रेक लिएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  २१:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro