देश
वीरगन्ज । ५० किलोग्राम लागुऔषध गाँजासहित पर्साबाट एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ठोरी गाउँपालिका–२, सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौं पक्राउ परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा ५० किलोग्राम गाँजासहित पक्राउ गरिएको जानकारी दिए ।
“पक्राउ परेकी गुरौंलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान कार्य अघि बढाइरहेका छौँ,” भारतीले भने । रासस
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१ २०:२६
प्रतिक्रिया दिनुहोस्