site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाको राष्ट्रिय महाधिवेशन वैशाख तेस्रो साता गर्ने प्रस्ताव

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय महाधिवेशन आउँदो वैशाख तेस्रो साता गर्ने प्रस्ताव गरिएको छ । शनिबार सम्पन्न पार्टीको बन्द कार्यशालाबाट पार्टीको महाधिवेशन गर्ने गरी मिति समेत तय गर्न केन्द्रीय समितिलाई उक्त सुझाव दिइएको हो ।

पार्टीको राष्ट्रिय भेला आउँदो असोज ३ र ४ गते आयोजना गर्ने निर्णय पनि बैठकबाट गरिएको छ । विधान संशोधन सुझाव कार्य दलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गर्ने निर्णय समेत गरिएको पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

“कार्यशालाले उल्लेखित पक्षहरूमा देहायका कदम चाल्नुपर्ने सुझावहरू केन्द्रीय समितिलाई दिएको छ– राष्ट्रिय भेला मिति २०८१ असोज ३ र ४ गते आयोजना गर्ने, राष्ट्रिय महाधिवेशन मिति २०८२ वैशाख तेस्रो सातामा गर्ने, विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गर्ने,” उनले भने ।

रास्वपाले आउँदो साता सातै प्रदेशमा बन्द कार्यशाला आयोजना गर्ने र केन्द्रीय तहका नेताहरूलाई सहजीकरणका निम्ति खटाउने निर्णय पनि गरिएको छ । न्युज एजेन्सी नेपाल

afdg-1722695125.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro