site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनसुनजन्य विपद् : १५० जनाको मृत्यु, ४९ बेपत्ता
गोरखाको धार्चे पहिरोको दृश्य । फाइल तस्बिर : रासस ।

काठमाडौं । नेपालमा यो वर्षको मनसुन भित्रिएयता बाढीपहिरोलगायत विपद्जन्य घटनामा परी शनिबार दिउँसोसम्म १५० जनाको मृत्यु भएको छ । विपद्‌मा परी देशभर ४९ जना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको जेठ २८ गतेयता बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा तीन, कोसी प्रदेशमा २५ जनाको मृत्यु भएको छ । मधेसमा ६, वाग्मतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० गरी १५० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा १०, कोसी प्रदेशमा ३७ जना घाइते भए । मधेसमा १०, वाग्मतीमा १०, गण्डकीमा ३४, लुम्बिनीमा ११, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा १४ गरी १७७ जना घाइते भएका तथ्यांक छ ।

बाढीपहिरोमा परी कोसीमा दुई, वाग्मतीमा ४२, गण्डकीमा दुई, लुम्बिनीमा दुई र कर्णाली प्रदेशमा एक गरी ४९ जना बेपत्ता छन् ।

काठमाडौं उपत्यकामा २६, कोसीमा ४९, वाग्मतीमा १२, गण्डकीमा १४, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी १०८ जनाको उद्धार गरिएको छ ।

यो अवधिमा विपद्का घटनाबाट चार हजार २१९ घरपरिवार विस्थापित भएका प्रहरीले जानकारी गराएको छ । जेठ २८ मा मनसुन नेपाल भित्रिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro