site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दूध बेचेर मासिक एक लाख आम्दानी

घोराही । दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन् । उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लागेका घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आएका छन् ।  

मेहनत गर्नसके पशुपालनबाट मनग्य आम्दानी लिन सकिने ‘गोरखा बायो फार्म’का अध्यक्ष रहेका  घर्तीले भने, “भैँसी र बङ्गुरपालन गरेर राम्रै आम्दानी भइरहेको छ ।”   

घोराही उपमहानगरपालिका–७ घुस्रामा पाँच बिघा जग्गा किनेर व्यावसायिकरुपमा पशुपालन गर्दै आएका उनले दूध बिक्री गरेर मासिक एक लाखभन्दा बढी आम्दानी भइरहेको बताए । उनको फार्ममा १८ भैँसी र २५ बङ्गुर छन् । 

उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको घर्तीले बताए । “दूध बिक्री गर्न समस्या छैन । फार्मबाटै विद्यालय र डेरीमा जाने गरेको छ”, उनले भने । दैनिक ४५ देखि ५० लिटरसम्म दूध बिक्री भइरहेको घर्तीले बताए । फार्ममा कम्तीमा ४० भैँसी र जर्सी गाईसमेत थप गर्ने उनको योजना छ । 

बजारको मागसँगै प्रशस्तमात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिएको घर्ती बताउँछन् । दूध प्रतिलिटर ७० मा बिक्री हुने गर्छ ।  

भैँसीपालनसँगै मासुका लागि बाख्रा, बङ्गुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको अर्का सञ्चालक खुसीराम चौधरी बताउँछन् । त्यसका लागि उनी थप संरचना निर्माण गर्ने तयारीमा छन् । 

व्यावसायिक रुपमा दूध र मासुसँगै तरकारी उत्पादन गर्ने उद्देश्यले फार्ममा अहिलेसम्म करिब एक करोड ५० लाखसम्म लगानी भइसकेको चौधरीले बताए । 

फार्ममा तीन जनाले रोजगारी पाएका छन् । पशुपालनका लागि सुपर नेपियर, किमु, इपिल, सुडान, मकैचरी, मकैलगायतका घाँसखेती समेत गरिएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  ०९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro