site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारी वर्षाको समयमा दुर्व्यवहार गरिएपछि भारतको लखनऊमा हल्लीखल्ली

लखनऊ । भारतको लखनऊमा बिहीबार भारी वर्षाको समयमा मोटरसाइकल चलाइरहेका एक युवक र उनको पछाडि बसेकी महिलामाथि दुर्व्यवहार गर्ने १६ युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई पानी छ्यापेर त्यहाँ रहेका युवाले मोटरसाइकल लडाइदिएका थिए ।

उक्त भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि उत्तर प्रदेश सरकार र त्यहाँको कानुनी व्यवस्थाका विषयमा प्रश्न उठाइएको थियो । त्यसपछि सरकारले बाध्य भएर कारबाही थालेको हो ।

चर्को दबाबपछि मुख्यमन्त्री योगी आदित्यनाथले स्थानीय डीसीपी, एडीसीपी र एसीपीको हेरफेर गरेका छन् । स्थानीय प्रहरी चौकीका इन्चार्ज र सिपाहीलाई निलम्बन गरिएको छ ।

प्रहरीले पवन यादव, सुनील कुमारलगायत व्यक्तिलाई सीसीटिभी फुटेजका आधारमा पक्राउ गरेको थियो । अरू व्यक्तिको पनि खोजतलास भइरहेको जनाइएको छ ।

उक्त मामिलामा दुवै पीडित भने सामुन्ने नआएको बताइएको छ । उनीहरू त्यहाँबाट हिँडेपछि आफूहरूलाई चिनाउन नचाहेको पाइएको छ ।

त्यो घटना स्थानीय ताज होटेलछेउमा भएको थियो । घण्टौँदेखि पानी परेकाले त्यहाँ युवा मोजमस्ती गर्दै बसिरहेका थिए । सोही समयमा मोटरसाइकलमा पुरुष र महिला त्यहाँ पुगेका थिए । त्यसक्रममा केही युवाले पानी फ्याँक्नुका साथै मोटरसाइकल लडाइदिएका थिए ।

स्थानीय नेता र सांसदहरूले पनि उक्त भिडियो हेरेर सरकारको आलोचना गरेपछि मुख्यमन्त्री आदित्यनाथले कडा कदम चालेका हुन् । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro