site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नयाँ क्रान्ति आह्वान गर्ने मादुरोको चेतावनी
तस्बिर : एएफपी ।

काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ‘उत्तर अमेरिकी साम्राज्यवादी र फाँसीवादी अपराधीहरूले’ जबर्जस्ती गरिरहे आफू जनतालाई ‘नयाँ क्रान्ति’को आह्वान गर्न पछि नपर्ने धम्की दिएका छन् ।

हालै भएको निर्वाचनमा उनले पुनः आफूलाई राष्ट्रपतिमा विजयी भएको घोषणा गरेका थिए । त्यसपछि विपक्षी पार्टीहरूले देशव्यापी आन्दोलन गरिरहेका बेला उनले पछिल्लो धम्की दिएका हुन् ।

पछिल्लो निर्वाचन परिणामलाई अमेरिका र अरू केही मुलुकले मान्यता दिन अस्वीकार गर्दै आएका छन् । उनले अन्तर्राष्ट्रिय पत्रकारका निम्ति बुधबार आयोजित पत्रकार सम्मेलनमा त्यसखालको अभिव्यक्ति दिएका हुन् ।

अमेरिकी राष्ट्रिय सुरक्षाका प्रवक्ता जोहन किर्बीले सफा ढंगले आउन मादुरोलाई सल्लाह दिएका छन् । त्यसका निम्ति हालै सम्पन्न निर्वाचनको पूर्ण र विस्तृत डेटा बाहिर ल्याउन उनले आग्रह गरेका छन् । यसो गरिए सबैले निर्वाचनको परिणाम हेर्न सक्ने उनले बताएका छन् ।

देशव्यापी रूपमा आन्दोलनका क्रममा मृत्यु भएको २० विश्वसनीय रिपोर्ट पाएको ह्युमन राइट्स वाचले जिकिर गरेको छ । फोरो पेनल नामको एक स्थानीय गैरसरकारी संस्थाले मंगलबार गरेको रिपोर्टअनुसार प्रदर्शनका क्रममा ११ जनाको मृत्यु भएको छ । सीएनएनबाट ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ११:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro