site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
नेपाल भित्रिँदै अल–इलेक्ट्रिक प्रिमियम ईभी ब्रान्ड जिकर, कस्तो छ गाडी ?

काठमाडौं । ग्लोबल प्रिमियम विद्युतीय गाडी (ईभी) ब्रान्ड जिकर नेपाल भित्रिने भएको छ । पायोनियर मोटोकर्पले यो ईभीलाई नेपाली बजारमा भित्र्याउने भएको हो ।

कम्पनीले जिकर एक्स मोडलका डुअल–मोटर अल–ह्विल ड्राइभ (एडब्ल्यूडी) र सिंगल–मोटर रियर–ह्विल ड्राइभ (आरडब्ल्यूडी) गरी दुई भेरियन्ट सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको बताएको छ ।

पृथक डिजाइन–शैली, अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज र पर्फमेन्ससहितको जिकर एक्स प्रिमियम कम्प्याक्ट (एसयूभी) भएको कम्पनीले जनाएको छ ।

सबै ड्राइभिङ मोडमा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्ने यो एसयूभी उत्कृष्ट हुने कम्पनीको दाबी छ ।

के छन् अन्य फिचर
जिकर एक्सको दुवै भेरियन्टमा ६६ किलोवाट आवरको ब्याट्री छ । यसले सिंगल मोटर, रियर–ह्विल–ड्राइभ, लङ रेन्ज मोडलमा ४४० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । 

२२ किलोवाटको एसी चार्जरसबाट गाडीलाई शून्यबाट १०० प्रतिशतसम्म चार्ज चार घण्टामा गर्नसकिने कम्पनीले जनाएको छ । यससँग १५० किलोवाटको डीसी चार्जर पनि उपलब्ध छ ।

पायोनियर मोटोकर्पका निर्देशक सन्दीपकुमार शारडाले अहिलेको युगमा ग्राहकको जीवनशैलीलाई बुझ्दै आधुनिक प्रविधिमा ग्राहककेन्द्रित गाडी नेपाल भित्र्याउन लागेको बताएका छन् ।

“उच्चस्तरीय पर्फमेन्स, अत्याधुनिक प्रविधिसहित प्रिमियम एसयूभीको बढ्दो मागलाई पूरा गर्दै नेपाली एसयूभी बजारमा जिकर एक्स एक नौलो अनुभव र नयाँ अध्याय सावित हुनेछ भन्नेमा हामी विश्वस्त छौँ,” उनले भने ।

जिकर एक्सको एक्सटेरियरमा ‘स्मुथ लाइन तथा स्कल्पटेड प्रोफाइल’को डिजाइन छ । ‘प्यानोरामिक सनरुफ’ र इन्ट्रिगेटेड डबल–एज्ड एलइडी डीआरएल छ । यसका साथै जिकरको ‘इन्टेलिजेन्ट बी–पिलर’ नामक विशेष सुविधाले कारभित्र प्रवेश गर्नुअगावै गाडीबारे महत्त्वपूर्ण जानकारीहरू ‘डोर ह्यान्डल’मा देखाउँछ ।

गाडीमा ‘यामाहा अडियो सिस्टम’, ‘भेन्टिलेटेड फ्रन्ट सिट’, १४.६ इन्चको टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको इन्स्ट्रुमेन्ट प्यानल पनि छ ।

सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चरमा निर्मित जिकरले स्ट्रक्चरल सेफ्टी र ‘एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’सहितको गाडीमा सात वटा एयरब्याग, इन्टर्नल एन्टि–कोलिजन बिम र परिष्कृत सुरक्षा प्रणालीले गाडीमा सवार सबैलाई उच्चस्तरीय सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro