site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टिकटकको प्यारेन्ट कम्पनीका कर्मचारीलाई विषाक्त खाना, ५७ जनाको उपचार हुँदै 

सिंगापुर । टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सको सिंगापुरस्थित कार्यालयका दर्जनौँ कर्मचारी विषाक्त खानाका कारण अस्पतालमा भर्ना भएका छन् ।

त्यहाँका हेल्थ एन्ड फुड सेफ्टी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ । तीमध्ये ६० जनालाई मंगलबार गेस्ट्रोएन्टेराइटिसको लक्षण देखिएको जनाइएको छ । ५७ जनाको अस्पतालमा उपचार भइरहेको छ । 

बाइट डान्सले के कारणले कर्मचारीहरू बिरामी भए भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ । बाइट डान्सको कार्यालयमा कुनै पनि खाना पकाउने वा तयार पार्ने नगरिएको र थर्ड पार्टीले त्यहाँ खानेकुरा सप्लाई गर्ने गरेको थियो ।

स्थानीय मिडियाका अनुसार कर्मचारीहरू बिरामी परेपछि त्यहाँ १७ वटा एम्बुलेन्स पठाइएको थियो । बीबीसी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro