site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलद्वारा लेबनानमा हवाई आक्रमण, हिजबुल्लाह कमाण्डर मारिए
Tiktok banner adTiktok banner ad

लेबनान । इजरायलले लेबनानमा हवाई आक्रमण गरेको छ । सो आक्रमणमा हिजबुल्लाहका कमाण्डर फुआद शुकर मारिएको इजरायलले जनाएको छ ।  इजरायली हवाई आक्रमण लेबनानको राजधानी बेरुतको दक्षिणी भागमा भएको जनाइएको छ ।

गएको शनिबार इजरायल अधिनस्थ गोलान हाइटमा भएको आक्रमणमा शुकरको हात रहेको इजरायली दाबी छ ।  सो आक्रमणमा फुटवल मैदानमा रहेका १२ बालबालिका मारिएका थिए । यद्यपि हिजबुल्लाहले भने सो आक्रमण आफूले गरेको भन्ने कुरा अस्वीकार गरेको थियो ।

लेबनानका प्रधानमन्त्री नजीब मिकातीले इजरायली आक्रमणको निन्दा गरेका छन् । उनले एक्समा लेख्दै इजरायली आक्रमणलाई आपराधिक कदम भएको जनाएका छन् ।  उनले यसले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको समेत जनाएको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro