site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हत्या प्रयासमा ट्रम्पसँग बयान लिँदै एफबीआई

वासिङटन । अमेरिकाको फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)ले हत्या प्रयास गरिएका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग बयान लिने भएको छ ।

यही जुलाईको सुरुमा पेन्सिलभानियामा चुनावी र्‍यालीका क्रममा उनको हत्या प्रयास गरिएको थियो । एफबीआईलाई बयान दिने विषयमा ट्रम्प सहमत भइसकेको जनाइए पनि मिति खुलाइएको छैन ।

“हामी उहाँले घटनालाई कसरी अवलोकन गर्नुभएको छ भन्ने धारणा जान्न चाहन्छौँ,” एफबीआईका स्पेसल एजेन्ट केभिन रोजेकले भने ।

ट्रम्पमाथि २० वर्षीय युवक थोमस म्याथ्यु क्रुक्सले गोली चलाएका थिए । तर, हत्या प्रयासको उद्देश्य के थियो भन्ने अझै पत्ता नलागेको जनाइएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro