site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धार्चे पहिरो : बेपत्ता चारजनाको शव फेला

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरोमा परेर बेपत्ता भएका चारजनाको शव आज फेला परेको छ । 

पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय सुलालकान्छा गुरुङको शव घरनजिकै २० मिटर तल पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । यस्तै, बेपत्ता जीतबहादुर गुरुङको शव पनि भेटिएको छ । उनको शव घरदेखि करिब २५ मिटर तल पहिरोले पुरिएको अवस्थामा फेला परेको हो । 

पहिरोमा परेर बेपत्ता भएका रेशम गुरुङको शव भने आज दिउँसो करिब ३ बजे फेला परेको हो । उनको शव घरदेखि ३० मिटर तल फेला परेको उनले बताए । 

पहिरोमा परेर बेपत्ता भएकी कान्छी गुरुङको शव भने गण्डकी गाउँपालिका–८, बर्खेघाटमा फेला परेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । आइतबार दिउँसो वेवारिसे अवस्थामा बूढीगण्डकी नदी किनारमा भेटिएको उक्त शव पहिरोमा परेर बेपत्ता भएकी कान्छीको भएको परिवारले पुष्टि गरेको हो । 

पहिरोमा बेपत्ता भएका आरुघाट गाउँपालिकाका २७ वर्षीय रमेश परियारको अवस्था अझै अज्ञात छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro