site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस–एमालेको ‘टार्गेट’मा रास्वपा : रवि लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस–एमालेको ‘टार्गेट’मा आफ्नो पार्टी परेको बताएका छन् । 

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै लामिछानेले पछिल्लो समय सदनमा प्रधानमन्त्रीका साथै कांग्रेस–एमाले सांसदको अभिव्यक्ति सुन्दा रास्वपा ठूला दलको ‘टार्गेट’मा परेको आभास भएको बताएका हुन् । 

संसद्को पछिल्लो गतिविधिले मुलुकको लागि आवश्यक रहेको दल नै रास्वपा हो भन्ने पुष्टि हुँदै गएको उल्लेख गरे । 

“सदनमा प्रधानमन्त्रीका साथै कांग्रेस–एमाले सांसदको अभिव्यक्ति सुन्दा रास्वपा ठूला दलको निसानामा परेको आभास भयो । केही समय नबोलौँ भनेर चुप लागेर बसेको भए पनि पछिल्लो समय सदनमा ममाथि लागेको आरोपबारे स्पष्ट पार्नुपर्ने अवस्था आयो । भ्रष्टाचारको फाइल खुल्ने विषयमा आफूलाई जस चाहिँदैन,” उनले भने । 

कैलाश सिरोहियाको नागरिकता प्रकरणमा, बाँसबारी छालाजुत्ता कारखानाको विषय पनि अझैसम्म अनुसन्धानमा रहेको जिकिर गरे । आफू गृहमन्त्री हुँदा भएको अनुसन्धानलाई पूर्वाग्रह साँधेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले त्यसप्रति गम्भीर ध्यानाकार्षण गराउन खोजेको समेत बताए । 

लामिछानेेले केही समयअघि सहकारीबन्धु भनेर भाषा प्रयोग गर्नेले उक्त भाषा बन्द गरेको हेर्न नचाहेको तर्क गरे । त्यसका साथै स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बालमन्दिर हुँदै टिकापुर हिँडेको नक्कली भुटानीबन्धु भन्ने आँट गर्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro