site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धार्चे पहिरो : बेपत्ताको खोजी जारी

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको सोमबार बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर उनीहरू बेपत्ता भएका हुन् ।

आइतबार पनि दिनभर खोजी गरिएको थियो । आज बिहानैदेखि पुनः खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

बेपत्ता भएकाको खोजीका निम्ति नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेको उनले बताए । “पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ,” उनले भने, “हिजो दिनभर खोजी गर्दा केही पत्ता लागेन । आज फेरि बिहानैबाट खोजीकार्य थालेका छौँ ।”

बेपत्ताको खोजीका निम्ति जेसीबी मेसिनको प्रयोग गरिएको उनले जानकारी दिए । आइतबार बिहान डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एउटा घर बगाउँदा उनीसहित ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार बेपत्ता भएका हुन् ।

डाँडाबाट खसेको पहिरो बूढीगण्डकी नदीसम्म पुगेको छ । बेपत्ता भएकालाई नदीले बगाएको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले आजदेखि बूढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा पनि उनीहरूको खोजी थालेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro