site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी नदीमा आकस्मिक बहाव बढ्ने पूर्वानुमान, सतर्कता अपनाउन अनुरोध
फाइल तस्बिर ।

काठमाडौं । आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ ।

साथै, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्दो हुने र सतर्कता तह तलै रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ । नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

विभागका अनुसार आज मर्स्याङ्दी नदी, विमलनगरको जलसतह सतर्कता तहनजिक रहनेछ । 

आज दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, कास्की र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान गरिएको छ । 

त्यस्तै, ताप्लेजुङ, संखुवासभा, रामेछाप, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, पर्वत, बाग्लुङ, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सुर्खेत, दैलेख, अछाम, डोटी, बझाङ, दार्चुला, डडेल्धुरा, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरुमा बहाव बढ्ने पूर्वानुमान छ । 
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro