site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उत्तरी क्यालिफोर्नियामा भीषण आगलागी

क्यालिफोर्निया । अमेरिकाको उत्तरी  क्यालिफोर्नियामा घण्टामा ५ हजार एकड जमिन छिचोल्ने गतिमा आगलागी तीव्र गतिमा बढेको छ ।

सो आगलागी गएको बुधबार सुरु भएको हो । कसैले सो आगो सल्काएको आशंका गरिएको छ । अहिलेसम्म उत्तरपूर्वी सिको क्षेत्रको तीन लाख ४८ हजार एकड जमिनमा आगो लागेको जनाइएको छ । सो आगलागी नियन्त्रणका लागि २५०० अग्नि नियन्त्रक खटिएका छन् ।

बुट्टे काउन्टीको एलिगेटर होल नजिकैको नालीमा जलिरहेको कार गुडाएर आगजनी गरेको आशंकामा बिहीबार ४२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको थियो  ।

यो वर्ष सो राज्यमा भएको यो सबैभन्दा ठूलो आगलागी हो । बीबीसी
 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०९:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro