नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीस्थित राजेन्द्रनगर इलाकाको एक कोचिङ इन्स्टिच्युटमा पानी भरिँदा डुबेर तीन विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई छात्रा र एक छात्र रहेको जनाइएको छ ।
सो कोचिङमा सिभिल सेवा परीक्षाको तयारी गरिन्थ्यो । जब सो भवनमा अचानक पानी भरियो सो समयमा भवनको बेसमेन्टमा रहेको पुस्तकालयमा विद्यार्थी पढिरहेका थिए ।
सो भवनमा शनिबार साँझ वर्षापछि करिब ७ बजे पानी भरिएको थियो । त्यसपछि प्रहरी घटनास्थलमा पुगेर त्यहाँ फसेका मानिसलाई निकाल्न सुरु गरेको थियो ।
सो घटनामा भएको कमजोरीलाई लिएर प्रहरीले केही व्यक्तिलाई गिरफ्तार गरेको जनाएको छ । सत्तारूढ भारतीय जनता पार्टीले स्थानीय सरकार चलाइरहेको आम आदमी पार्टीलाई घटनालाई लिएर आलोचना गरेको छ । बीबीसी