site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपालका कम्युनिस्ट पार्टी सत्ता, भत्ता, पैसा र पदलाई नै साम्यवाद ठान्छन् : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिस्ट पार्टी सत्ताका निम्ति कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गरेका छन् । नेपालका कम्युनिस्ट नेताले सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद ठान्ने गरेका उनको जिकिर थियो ।

शनिबार काठमाडौंमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा उनले सत्ताका निम्ति कम्युनिस्टले राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताए । आफ्नो दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिस्ट पार्टीमा अवसरवाद मात्र बाँकी रहेको उनको भनाइ थियो ।

अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिस्ट पार्टीहरूले भने मुलुकमा दुःख पाउनुपरेको टिप्पणी गरे ।

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लगायत नेता सहभागी थिए ।

कार्यक्रममा उपेन्द्र यादवको भनाइ पढ्नोस्–
अहिलेको कम्युनिस्ट साथीहरू नरिसाउनु होला, अहिलेका कम्युनिस्ट पार्टीका नेताहरूको हेर्छु म सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ । र, त्यसको दौडमा यतिसम्म गिर्दछन् कि कल्पना नै गर्न सकिँदैन । त्यो युग अहिले आएको छ । कुनै पनि काम बाँकी नछोड्ने, राजावादीसँग पनि एकता गर्ने, गरेकै हो । केका लागि ? सरकारका लागि । त्यो पनि दुई दिनको सरकारका लागि । राजवादी पनि चलेकै छ, कांग्रेस पनि चलेकै छ । अर्को पनि चलेकै छ । जोसँग पनि चलेकै छ । केको लागि भन्दाखेरि त्यहाँ वैचारिक अन्योलता, आदर्श र चिन्तन हराएपछि केवल अवसरवाद मात्रै बाँकी रहँदो रहेछ । र त्योचाहिँ सबैमा होइन । त्यसले चरम अवस्थामा रहेका, छरिएर रहेका नेपालका कम्युनिस्टहरूमा को सही हो, को गलत हो छुट्टयाउनै गाह्रो छ । तर, जो सही बाटोमा हुनुहुन्छ, उहाँहरूले दुःख पाइराख्नुभएको छ । ती सुविधा, अवसरबाट वञ्चित भएर दुःख पाइराख्नुभएको छ । अब त्यो अवस्था देखिएको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro