site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जहाँ घरघरमा नाङ्लो बुनिन्छ

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुर्ख्यौली पेसा बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । अहिले होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै नाङ्लो बनेको हो । 

हतुवागढी–६ लङ्खाका ७५, विथारा १६५, लुम्बुवा १३५ तथा हतुवागढी–५ सोया गाउँका करिब ४० परिवारले व्यावसायिक रुपमा नाङ्लो बुन्दै आएका छन् । 

हतुवागढी–६ का नाङ्लो व्यवसायी राजेन्द्र राई विशेष गरेर नाङ्लो भदौ, असोज र कात्तिकमा सबैभन्दा बढी उत्पादन हुने गरेको बताउँछन् । दसैं, तिहार, छठलगायत पर्वका अवसरमा नाङ्लोको बढी माग हुने गरेको उनको भनाइ छ । 

यहाँ उत्पादन भएको नाङ्लो बिक्रीका लागि जिल्ला बाहिर पठाउने गरिएको छ । महिनामा १८ हजारदेखि २० हजारसम्म नाङ्लो बजारमा पठाउने गरेको राईले बताए । एउटा नाङ्लो औसतमा एक सयदेखि १५० सम्ममा खरिद बिक्री हुने गरेको उनले बताए ।  

“हाम्रो गाउँका अधिकांशले नाङ्लो बुन्दै आएका छन्”, व्यवसायी राईले भने, “हाम्रो आम्दानीको मुख्य स्रोत नाङ्लो हो । सबै मिलेर यहाँ उत्पादन भएको नाङ्लो संकलन गरेर बाहिरका बजारमा पठाउँछौँ । सरदरमा एक महिनामा १९ हजारदेखि २१ हजारसम्म नाङ्लो बजारमा पठाउने गरेका छौँ ।” 

मासिक २१ लाख बराबरको नाङ्लो बिक्री हुने गरेको छ । गाउँमा नाङ्लो बिक्रीबाट वार्षिक दुई करोडदेखि दुई करोड ५० लाखको हाराहारीमा रकम भित्रिने गरेको उनको भनाइ छ । 

यहाँको एउटा परिवारले मासिक रुपमा न्यूनतम १५० देखि अधिकतम ३०० वटासम्म नाङ्लो उत्पादन गर्दै आएका छन् । रासस

    

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro