site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बेचन झालाई थुनामै राखेर अनुसन्धान गर्न सर्वोच्चको अनुुमति 
बेचन झा । फाइल तस्बिर ।

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई थुनामा राखेर अनुसन्धान गर्न बाटो खोलिदिएको छ । उनी हाल थुनामै छन् ।

झाका तर्फबाट छोरा दिव्यांशु शेखर झाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि बिहीबार सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले ‘कानुनबमोजिम गर्न’ आदेश जारी गरेको हो । योसँगै अनुसन्धान पूरा हुनुअघि नै थुनामुक्त हुने झाको प्रयास असफल भएको छ ।

Dabur Nepal
NIC Asia

गत वर्ष कारबाहीको प्रक्रिया समेत चलाइएको नक्कली भुटानी शरणार्थी प्रकरणका तत्कालीन फरार अभियुक्त झा भारतमा बस्दै आएका थिए । प्रहरीले पक्राउ गरी अनुसन्धान जारी रहेका बेला उनका छोरा दिव्यांशुले गएको असार ३० गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

आर्थिक वर्षान्तपछि अदालतमा हुने काम–कारबाही केही समय रोकिने भएकाले उनको पालो ढिला आएको हो । सर्वोच्चले बन्दीप्रत्यक्षीकरणका मुद्दा नियमित रूपमा हेर्दै आएको थियो । तर, बेचनको मुद्दामा भने बिहीबार (आज) मात्र आदेश भएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro