site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एफसी रोटाच एगर्नविरुद्ध बायर्नका १० खेलाडीले गरे १४ गोल

काठमाडौं । प्रि–सिजन तयारीमा रहेको जर्मन क्लब बायर्न म्युनिखले मैत्रीपूर्ण खेलमा एफसी रोटाच एगर्नविरुद्ध १४ गोल गरेको छ । बुधबार भएको खेलमा बायर्नले एगर्नविरुद्ध १४–१ को फराकिलो जित निकालेको हो ।

बायर्नलाई जित दिलाउन १० खेलाडीले गोल गरे । बायर्नबाट एक खेलाडीले ह्याट्रिक, दुईले दुई र सातजनाले समान एक गोल गरे ।

Dabur Nepal
NIC Asia

बायर्नका माथिस टेलले ह्याट्रिक गरे । एडिन लिसिना र मुदासेन सदतले समान दुई गोल गरे । नौसाइर मज्राओइ, रफाइल गुइरेरो, अरिओन इब्राहिमोभिच, नेस्टोरी इरानकुन्डा, साचार बोइ, जोनाथन आस्प र असेको एन्किलीले समान एक गोल गरे । रोटाच एगर्नका टोबियस स्लिटनरले एक गोल फर्काएका थिए ।

खेलमा बायर्नले पहिलो हाफमा ७–१ को अग्रता बनाएको थियो । दोस्रो हाफमा थप सात गोल गरेपछि बायर्नले १४–१ को जित निश्चित गरेको हो । बायर्नले अब दोस्रो क्लब मैत्रीपूर्ण खेलमा एफसी डुरेनसँग यही जुलाई २८ मा प्रतिस्पर्धा गर्ने तालिका छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro