देश

काठमाडौं । मोरङको बेलाबारी नगरपालिका–७, हल्दिबारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
५१ वर्षीया पन्तिदेवी चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । सोमबार साँझ आफ्नै घरमा टिनको छानामा राखेको फलामको रड निकाल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी थिइन् ।
उपचारका क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१ १६:५६
प्रतिक्रिया दिनुहोस्