site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वाग्मतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाको दाबी पेस 
फाइल तस्बिर ।

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा (तामाङ)ले दाबी पेस गरेका छन् । प्रदेश संरचना बनेदेखि वाग्मतीमा नेपाली कांग्रेसले सरकारको नेतृत्व पाएको थिएन । 

नेकपा एमालेसमेतको समर्थनमा कांग्रेसका तर्फबाट पहिलोपटक लामा मुख्यमन्त्री बन्न लागेका हुन् । यसअघिका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । 

Dabur Nepal
NIC Asia

प्रदेश प्रमुख शर्माले सरकार गठनका लागि दिएको समयसीमा मंगलबार साँझ ५ बजेसम्मका लागि थियो । तोकिएको समयभित्रै उनको दाबी परेको हो । कांग्रेस–एमालेबीच मन्त्रालय बाँडफाँटमा केही समस्या परेका थियो । तर, नयाँ सरकारमा कांग्रेसले मुख्यमन्त्रीसहित ६ र एमालेले ६ वटा मन्त्रालय पाउने सहमति भएपछि मुख्यमन्त्रीमा दाबी पेस भएको हो । 

११० सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ५६ सिट आवश्यक हुन्छ । प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ जना सांसद छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro