site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वाग्मतीमा एमालेले टुंग्यायो ६ मन्त्री, पाँच नयाँ अनुहार 

काठमाडौं । नेकपा (एमाले)ले वाग्मती प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । ६ मन्त्रालय पाएको एमालेले मंगलबार मन्त्रीहरूको नाम टुंग्याएको हो । 

स्रोतका अनुसार सांसदहरू प्रकाश श्रेष्ठ, अमन मास्के, किरण थापामगर, प्रेमभक्त महर्जन, सुकमाया तामाङ र कृष्णप्रसाद सिलवाल मन्त्री बन्ने पक्का भएका छन् । “मन्त्रीहरूको नाम टुंगिएको हो । मन्त्रालय टुंगिन बाँकी छ,” स्रोतले भन्यो । 

एमालेले ६ मध्ये पाँचजना नयाँ अनुहार पठाउने भएको छ । श्रेष्ठ भने यसअघि नै मन्त्री भएका थिए । 

वाग्मतीको मुख्यमन्त्री भने नेपाली कांग्रेसले पाएको छ । वाग्मतीमा कांग्रेसले मुख्यमन्त्रीसहित सात मन्त्रालय पाउनेछ । कांग्रेसका बहादुरसिंह लामाले आजै मुख्यमन्त्रीमा दाबी गर्ने तयारी छ । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro