site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
देशभरका ९ सडकखण्ड अवरुद्ध, १५९ एकतर्फी सञ्चालनमा

काठमाडौं । बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौवटा सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् । अन्य १५९ सडकखण्ड एकतर्फीरूपमा सञ्चालनमा आएका छन् ।

सडक विभागले जारी गरेको तथ्यांकअनुसार डुम्रे–बेँसीसहर–चामे, तानसेन–रिडी–कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्गको बागलुङ र डोटीलगायतका सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन् ।

विभागकाअनुसार विभिन्न स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ । विभागले रातिको समयमा बाढी पहिरोजस्ता मनसुनजन्य विपद्का कारण यात्रा नै असुरक्षित हुने भन्दै आवातजावत नगर्न सुझाव दिएको छ । 

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro