site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्युरोड क्षेत्रको फुटपाथ विस्तार तत्काललाई रोक्ने सहमति
फाइल तस्बिर ।

काठमाडौं । विवाद बढेपछि काठमाडौं महानगरपालिकाको फुटपाथ विस्तार तत्काललाई रोकिएको छ । काठमाडौं–२२ र २३ क्षेत्रका सम्पदाका विषयमा अध्ययन गरिने र त्यसको प्रतिवेदन नआउन्जेल फुटपाथ विस्तार नगर्ने सहमति भएको हो ।

न्युरोड क्षेत्रमा थप फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने सोमबार सहमति गरिएको छ । महानगरका प्रमुख, उपप्रमुख, २२, २३ र २४ नम्बरका वडाअध्यक्षलगायत सरोकारवालाबीच छलफलका क्रममा आउँदो मंसिर १ गतेसम्म कार्यदलले अध्ययन गर्ने र २ गते प्रतिवेदन पेस गर्ने सहमति भएको काठमाडौं–२३ का वडाअध्यक्ष मचाराजा महर्जनले जानकारी दिए ।

नौ सदस्यीय कार्यदलले विभिन्न विषयमा अध्ययन गरेर त्यसबाट आउने रिपोर्ट महानगर प्रमुखलाई बुझाउने र त्यसपछि फुटपाथ विस्तारबारे थप निर्णय गरिने उनले बताए । काठमाडौं–२४ मा जारी फुटपाथ विस्तारको काम भने सम्पन्न गर्ने सहमति भएको उनले जानकारी दिए ।

फुटपाथ विस्तार गर्ने क्रममा यसअघि महानगर र स्थानीयबीच विवाद भएको थियो । विवादपछि महानगरले जनप्रतिनिधिसहित स्थानीयलाई सोमबार छलफलमा बोलाएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro