site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न माग

काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न माग गरेका छन् । सोमबार राष्ट्रियसभा बैठकमा उनले सरकारसँग यस्तो माग गरेका हुन् ।

मुलुकको पर्यटन विकासका निम्ति पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न आवश्यक भएकामा उनले जोड दिए । उनले पशुपतिको पञ्चमुखी शिव भगवान्‌को मूर्ति विश्वमा कहीँ नभएको बताए ।

उक्त मूर्ति सार्वजनिक गर्न सके पर्यटनको विकासमा ठूलो मद्दत गर्ने उनको भनाइ थियो । “...पशुपतिनाथको मूर्तिलाई सार्वजनिक गराइदिऔँ । काशी विश्वनाथको मूर्ति सार्वजनिक भएको छ,” उनले भने, “पञ्चमुखी शिव भगवान्‌को यति राम्रो मूर्ति विश्वमा कहीँ पनि छैन । त्यसले पर्यटनको विकासमा ठूलो मद्दत गर्नेछ ।”

सरकारले माछा, मासु, दूध र तरकारीको उत्पादन वृद्धि गरी आत्मनिर्भर भएर निकासी गर्न सक्नुपर्ने उनले बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro