site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन गुणाले बढ्यो ईभीको आयात, २९ अर्बका ११ हजार गाडी भित्र्याइयो 
Tiktok banner adTiktok banner ad

काठमाडौं । गएको एक वर्षमा ११ हजारभन्दा बढी विद्युतीय गाडी (ईभी) नेपाल भित्र्याइएको । आर्थिक वर्ष २०८०/०८१ म ११ हजार ७०१ ईभी नेपाल भित्र्याइएको भन्सार विभागले जनाएको छ ।

यो संख्या अघिल्लो वर्षको तुलनामा झन्डै तीन गुणाले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा कुल चार हजार ५० विद्युतीय गाडी आयात गरिएको थियो ।

यी गाडीको आयात मूल्य २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँ छ । यसबाट सरकारले १३ अर्ब २८ करोड ६७ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका ६ हजार ८८५ ईभी नेपाल भित्र्याइएको छ । दोस्रोमा ५० किलोवाट क्षमतासम्मका चार हजार ५७१ जीप, भ्यान र कार आयात गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार, उक्त अवधिमा चीनबाट मात्र आठ हजार ६५ विद्युतीय गाडी भित्र्याइएको छ । दोस्रोमा भारतबाट तीन हजार ३७७ विद्युतीय गाडी आयात गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro